हुम्लामा वर्षको पाँचौं हिमपात
हुम्ला : जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरू भएको छ। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो।
सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले जानकारी दिए।
नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ। हिउँ पर्ने क्रम नरोकिएको भन्दै उनलेद उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए।
यसवर्ष जिल्लामा पाँचौं पटक हिमपात भएको हो। यसवर्षको पहिलो हिमपात गत मंसिर ११ गते भएको थियो।
माघ ३, २०८१ बिहीबार १४:१५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।