शल्यक्रियापछि बोल्यो सैफ अली खानको टिम, घरमा प्रहरी परिचालन

शल्यक्रियापछि बोल्यो सैफ अली खानको टिम, घरमा प्रहरी परिचालन

एजेन्सी : बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमणपछि उनको घरमा प्रहरी पुगेको छ। उनको बान्द्राको घरबाट औंठाको छाप संकलन गरिएको छ।

अनुसन्धानमा संलग्न एक कर्मचारीले औंठाछाप लिइसकेको र त्यसलाई लिएर अनुसन्धान थालिने जानकारी दिए।

ती कर्मचारीले भने, ‘हामी फिंगरप्रिन्ट विभागबाट हौँ। हामीले औंठाछाप लिइसकेका छौं। हाम्रा वरिष्ठहरूले हामीलाई थप प्रक्रियाबारे जानकारी दिनेछन्।’

अभिनेता सैफ अली खानमाथि हिजो राति चक्कु प्रहार गरी लिलावती अस्पतालमा भर्ना गरिएको छ। उनको टोलीले शल्यक्रियापछि उनी खतरामुक्त रहेको बताएको छ।

सैफ अली खानको टोलीले एक विज्ञप्तिमा भनेको छ, ‘उनी हाल निको भइरहेका छन्। डाक्टरहरूले उनको निगरानी गरिरहेका छन्। परिवारका सबै सदस्य सुरक्षित छन् र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।’

साथै, सैफ अली खानको टोलीले लीलावती अस्पतालमा उनको उपचार गरिरहेका डाक्टरहरूलाई धन्यवाद दिएको छ।

बिहीबार बिहान सैफ अली खानको टोलीबाट आएको पहिलो बयानमा घरमा चोरीको प्रयास भएको बताउँदै मिडिया र फ्यानलाई धैर्य राख्न अनुरोध गरिएको थियो।

यसैबीच, करीना कपूरको पीआर एजेन्सीले पनि हिजो राति उनको र सैफको घरमा चोरीको प्रयास भएको बताउँदै सैफको हातमा चोट लागेको उल्लेख गरेको थियो।

माघ ३, २०८१ बिहीबार १४:०६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।