चिसो बढेपछि तातोपानीमा नुहाउनेको भीड
मुगु : हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका-६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरूको भीड बढेको छ।
तातोपानी नुहाउँदा शरीरमा भएका बिभिन्न अंगहरू,जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग ,टाउको, पेट दुखाइलगाएतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ।
विशेषगरी पुस र माघ महिनामा तातोपानीमा नुहाउँदा राम्रो हुनेमा स्थानीयबासी विश्वास गर्छन्। तातोपानी नुहाउन बिशुवासमा २० देखि २५ जना मानिस पुग्ने गरेका छन्।
‘तातोपानीमा नुहाउँदा आनन्द आउँछ। सन्चो महसुस हुन्छ। पाँच पटकसम्म नुहाएको छु। जति नुहायो त्यति नै निरोगी भइन्छ। यहाँका स्थानीय तहले बाटो, नुहाउने धारा, कुण्डलगायतमा नुहाइसकेपछि कपडा फेर्ने घर, शौचालय लगायतका पूर्वधारमा व्यवस्था गरिएको भए राम्रो हुने थियो’, स्थानीय कृष्ण बोहराले भने।
तातोपानीमा नुहाउने स्थानको प्रचार प्रसार नभएको पनि स्थानीयको गुनासो छ। प्रचारप्रचार नहुँदा ओझेलमा परेको छ। धेरैजसो मान्छेलाई मुगुको सोरुमा तातोपानी छ भन्ने नै थाहा छैन।
सोरु गाँउपालिका-९ का सर्जन बहादुर शाहीका अनुसार तातोपानी क्षेत्रको प्रचारप्रसार हुनसके पर्यटक बढ्ने र रैथाने बस्तुको बिक्री बढ्नेछ। तातोपानीमा बिषेशगरी बुढाबुढी, महिला, बालबालिकाहरू बढी आउने गरेका छन्।
माघ ३, २०८१ बिहीबार १२:५२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।