निफमा फिल्म भूठान देखाउने-नदेखाउने विवाद फेसबुकमा छरपस्ट
काठमाडौँ : काठमाडौँमा आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(निफ) मा फिल्म ‘भूठान’ देखाउने कि नदेखाउने भन्नेमा विवाद देखिएको छ।
हलमा रिलिज हुनुभन्दा अगाडि नै फिल्म महोत्सवमा देखाउने सूचीमा छ। तर यसबारे महोत्सव आयोजक र फिल्मका निर्माताको फरक धारणा सार्वजनिक भइरहेका छन्।
फिल्मका निर्माता अविरल थापाले फिल्म ‘भूठान’ निफमा देखाउने तयारीबारे जानकारी नभएको दाबी सार्वजनिक गरेका छन् भने आयोजक निफका अध्यक्ष केपी पाठकले भने फिल्मको टिमले महोत्सवमा देखाउन फर्म भरेर बुझाएको दाबी सार्वजनिक गरेका छन्।
निर्माण टिमले फिल्म वैशाख १२ मा रिलिज हुने मिति सार्वजनिक गरेको छ। फिल्ममा हरिवंश आचार्य, दयाहाङ राईसँगै हलिउड अभिनेता ब्रुस डर्नले समेत अभिनय गरेका छन्।
माघ ३, २०८१ बिहीबार ११:३५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।