चितवन महोत्सवमा स्काईवेलका पाँच गाडी बुकिङ, एक करोडको स्काईवेलका ईटी५ डेलिभरी

चितवन महोत्सवमा स्काईवेलका पाँच गाडी बुकिङ, एक करोडको स्काईवेलका ईटी५ डेलिभरी

काठमाडौं : चितवन महोत्सवमा स्काईवेलका विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्स प्रालिले एक करोड रुपैयाँभन्दा बढीको सवारी डेलिभरी गरेको छ।

नेपालकै सबैभन्दा धेरै रेन्ज (६२० किमी) दिने प्रिमियम इभी ईटी ५ आज महोत्सवबाट डेलिभरी भएको हो। उक्त बुकिङलाई जी मोटर्स प्रालिका बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालले जानकारी दिए।

१९७ मिलिमिटर ग्राउन्ड किल्यरेन्स, लामो रेन्ज र युरोपियन बजारमा अब्बल बिक्री रहेकाले यो गाडीको बुकिङ भएको कम्पनीको दाबी छ। सो अवसरमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले चितवनका ग्राहकलाई धन्यवाद दिए।

आगामी दिनमा कम्पनीले चितवन केन्द्रीत गर्दै सेल्स, शोरुम, सर्भिस र पार्ट्स उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

१५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको प्रिमियम ईभीले नेपाली बजार र ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५-६२० किमि प्रिमियम विद्युतीय एसयूभी बिक्री-वितरण भइसकेका छन् भने चितवन महोत्सवमा मात्र पाँच भन्दा बढी बुकिङ भए।

ईटी५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन्।

स्काईवेल जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डसहित ६५ भन्दा बढी देशहरूमा बिक्री हुँदै आएको प्रिमियम सवारी उत्पादक कम्पनी हो।

माघ ३, २०८१ बिहीबार १०:४४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।