युद्धविरामको सहमति पछि पनि इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको हमासको दाबी
एजेन्सी : इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भए पनि इजरायलले गाजामा आक्रमण जारी राखेको छ।
हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले इजरायलले हवाई आक्रमण गरेको दाबी गरेको छ।
सिभिल डिफेन्स एजेन्सीले इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको जनाएको छ। इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैन। आइतबारअघि युद्धविराम सम्झौता लागू हुने छैन।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरू गरेको थियो।
हमासले इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएकोमा बीचमा केही बन्धकलाई रिहा गरेको थियो। हमाससँग हाल ९४ इजरायली बन्धक छन्।
तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको दाबी अनुसार ९४ बन्धकमध्ये अहिलेसम्म ६० जना मात्रै जीवित रहेका छन्।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।
माघ ३, २०८१ बिहीबार १०:२३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।