इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि तेल अवीव र गाजामा खुसीको माहोल (तस्विरहरू)

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि तेल अवीव र गाजामा खुसीको माहोल (तस्विरहरू)

एजेन्सी : इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै इजरायलको शहर तेल अवीव र गाजामा मानिसहरू सडकमा उत्रिएर खुसीयाली मनाएका छन्।

कतारमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उद्धृद गर्दै बीबीसीले जनाएको छ।

यसको अर्थ विगत १५ महिनादेखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ।

अमेरिकाको बाहिरँदै गरेको जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।

यस्तो सहमतिपछि इजरायली शहरहरूको साथमा गाजामा पनि खुसीयाली छाएको छ।

हेरौं केही तस्बिरहरू:

माघ ३, २०८१ बिहीबार १०:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।