थाइल्यान्डमा नम्बर वान बन्यो ‘नेटा’

थाइल्यान्डमा नम्बर वान बन्यो ‘नेटा’

काठमाडौं : चिनियाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाइल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ।

यस्तै, ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो। नेटा ब्रान्डल अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै आएको छ।

आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ।

नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिँदै आएको कम्पनीको दाबी छ।

नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्रि वितरण गर्दै आइरहेको छ।

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहान व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ।

१२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ।

यसमा एकल चार्जमा ३८० बढी किलोमिटर दायरा छ र यो सीएटीएका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ।

१८५ मिलिमिटर ग्राउन्ड क्लियरन्स रहेकाले गाडीले चालकलाई सुरक्षा महसुस गराउने कम्पनीको दाबी छ।

कम्पनीका अुनसार सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ।

माघ ३, २०८१ बिहीबार ०९:५३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।