नेपाली बजारमा ‘भाइब्स बासबड्स ३११’ र ‘भाइब्स बासबड्स ५११’ इयरबड्स उपलब्ध
काठमाडौं : नेपाली लाइफस्टाइल ब्रान्ड भाइब्सले स्थानीय बजारमा विभिन्न उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले नेपाली बजारमा भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ सार्वजनिक गरेको हो।
यी अत्याधुनिक प्रविधि, इमर्सिभ ध्वनि र अतुलनीय मूल्यहरू संयोजन गर्ने उत्कृष्ट इयरबडहरू भएको कम्पनीले जनाएको छ।
नेपाली उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका, यी इयरबडहरू नेपाली अडियो टेक्नोलोजीमा नयाँ क्रान्ति ल्याएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार भाइब्स बासबड्स ३११ र ५११ ले संगीत प्रेमीहरू, गेमरहरू र व्यस्त व्यक्तिहरूलाई लक्षित गरिएको छ।
१३ मिलिमिटरको हाइब्रिड ड्राइभरहरू रहेको यसका उत्पादनमा ब्यास बुस्टसहित नेपाली गीतहरू, पोडकास्ट, वा गेम खेल्दा, शक्तिशाली बास र क्रिस्टल क्लियर ध्वनि अनुभव लिन सकिनेछ।
ब्लुटुथ भी ५.४ प्रविधि भएकाले यसले १० मिटरको दायराभित्र स्थिर अडियो दिन्छ। पर्यावरणीय आवाज हटाउने प्रविधि (ईएनसी) भएकाले यसले चर्को आवाजलाई बन्द गर्दै महत्त्वपूर्ण फोनकल वा प्ले लिस्टमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ।
डुअल माइक सेटअप रहेको यसका उत्पादन उत्कृष्ट आवाज स्पष्टताको लागि, विद्यार्थी र प्रोफेसनलहरूका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। ब्यासबड्स ३११ ले २० घण्टा र ५११ ले २२ घण्टा प्ले टाइमको ब्याट्री ग्यारेन्टी गरेको छ।
उच्च–गुणस्तरको प्रविधि किफायती मूल्यमा उपलब्ध गराउन भाइब्स प्रतिबद्ध रहेको भाइब्सले जनाएको छ।
भाइब्स बासबड्स ३११ को अधिकतम खुद्रा मूल्य १ हजार ५९९, लन्च मूल्य १ हजार २९९ र भाइब्स बासबड्स ५११ को अधिकतम खुद्रा मूल्य १ हजार ५९९ र लन्च मूल्य १ हजार २९९ रुपैयाँ रहेको छ।
माघ ३, २०८१ बिहीबार ०८:५१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।