नयाँ प्रणालीले आज सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म वर्षा हुने, बागमतीसहित पूर्वमा मौसम सफा रहने

नयाँ प्रणालीले आज सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म वर्षा हुने, बागमतीसहित पूर्वमा मौसम सफा रहने

काठमाडौं : देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ। नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ। त्यसैका कारण बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको हो।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव पार्ने छैन। काठमाडौंमा अहिले  मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना छैन।

रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहे पनि शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने महाशाखाले जनाएको छ।

माघ ३, २०८१ बिहीबार ०७:१९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।