'सरकारमा रहेका कार्यकर्तालाई'लाई पोस्न भूमिसम्बन्धी अध्यादेश जारी भएको बालेनको दाबी
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमि सम्बन्धी अध्यादेश कार्यकर्ता पोस्नका लागि ल्याइएको आरोप लगाएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ जारी गरेका थिए। त्यसपछि बालेनले फेसबुक स्टाटसमा यस अध्यादेशमाथि कटाक्ष गरेका छन्।
उनले लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ।’
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको फोटो राख्दै उनले थप लेखेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
केही दिनअघि सरकारले राष्ट्रपति पौडेलसमक्ष पाँच अध्यादेश सिफारिस गरेको थियो। त्यसमध्ये चारवटा अध्यादेश जारी भएका थिए भने भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले रोकिदिएका थिए।
तर, प्रधानमन्त्री ओलीले व्यापारीसँग दाबी गरेको १२ घण्टा नपुग्दै राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।
माघ २, २०८१ बुधबार १९:०१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।