प्रधानमन्त्री ओलीले व्यापारीसँग दाबी गरेको १२ घण्टा नपुग्दै राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

प्रधानमन्त्री ओलीले व्यापारीसँग दाबी गरेको १२ घण्टा नपुग्दै राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन्। 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

केही दिनअघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच अध्यादेश सिफारिस गरेको थियो। त्यसमध्ये चारवटा अध्यादेश जारी भएका थिए भने भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले रोकिदिएका थिए।

संसदमा विचाराधीन विधेयकलाई अध्यादेशको रुपमा जारी भएपछि त्यसको विरोध भइरहेको छ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसको बचाउ गर्दै आइरहेका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आज बिहान उद्योगी व्यवसायीहरूसँग भूमिसम्बन्धी अध्यादेश आजै जारी हुने दाबी गरेका थिए।

‘केही अध्यादेश छन्। आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ। जसले भूमिमा भएका बेठीक खालका कतिपय कुराहरू छन्, नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउन’, उनले भनेका थिए। 

माघ २, २०८१ बुधबार १८:१९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।