राष्ट्रपतिले रोकेको भूमिसम्बन्धी अध्यादेश आज जारी हुने प्रधानमन्त्रीको दाबी

राष्ट्रपतिले रोकेको भूमिसम्बन्धी अध्यादेश आज जारी हुने प्रधानमन्त्रीको दाबी
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले रोकेको भूमिसम्बन्धी अध्यादेश आज आउने दाबी गरेका छन्।

बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहरसँग प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश आजै जारी हुने र त्यसले भूमिसम्बन्धी समस्या समाधान गर्ने बताए।

‘केही अध्यादेश छन्। आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ। जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरू छन्, नसुल्झिएका समस्याहरु छन्, ती सुल्झाउन’, उनले भने।

केही दिनअघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच अध्यादेश सिफारिस गरेको थियो। त्यसमध्ये चारवटा अध्यादेश जारी भएका थिए भने भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले रोकिदिएका थिए।

संसदमा विचाराधीन विधेयकलाई अध्यादेशको रुपमा जारी भएपछि त्यसको विरोध भइरहेको छ।

माघ २, २०८१ बुधबार १४:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।