जय ट्रफी फाइनल : दुवै टोलीको पहिलो इनिङ सकिँदा आर्मी ३७ रनले अगाडि
काठमाडौं : जय ट्रफी एलिट कपको फाइनलमा दुवै टिमको पहिलो इनिङ सकिँदा त्रिभुवन आर्मी क्लबले रनको अग्रता बनाएको छ।
मंगलबारबाट सुरु भएको खेलमा पहिला ब्याटिङमा तानिएको नेपाल पुलिस क्लबले एक सय ३३ रनमा नौ विकेट गुमाएपछि डिक्लियर गरेको थियो।
त्यसमा कुशल भुर्तेलले ५१ रनको अर्धशतकीय पारी खेल्दा अर्जुन साउदले २८, अमित श्रेष्ठले २० रन जोड्दा रसिद खानले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आर्मीका साहब आलमले सात विकेट लिँदा बसीर अहमद र सोमपाल कामीले समान एक-एक विकेट लिए।
त्यसपछि ब्याटिङमा आएको आर्मीले एक सय ७० र बनाउँदा सबै विकेट गुमायो।
उसका लागि भिम सार्कीले ५८ रनको अर्धशतकीय पारी खेल्दा बसीर अहमद ४०, सोमपाल कामी ३२, कप्तान विनोद भण्डारी १४ र इमरान शेखले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पुलिसका सागर ढकालले पाँच विकेट लिँदा कुशल भुर्तेलले तीन तथा ललित राजवंशी र गुल्सन झाले समान एक-एक विकेट लिए।
नेपाल पुलिस क्लबले केहीबेरमा आफ्नो दोस्रो इनिङ थाल्नेछ।
माघ २, २०८१ बुधबार १३:५०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।