ग्लोकल स्किल हिरो अवार्ड २०२५ सम्पन्न

ग्लोकल स्किल हिरो अवार्ड २०२५ सम्पन्न

काठमाडौं : ग्लोकल आफ्टर स्कुलको आयोजनामा ‘ग्लोकल स्किल विक २०२५’ सम्पन्न भएको छ।

मंगलबार सम्पन्न कार्यक्रममा सरकारी कूटनीतिज्ञ, उद्यमीलगायत सय जनाभन्दा बढीको उपस्थिति थियो।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप र रोजगारीलाई जोड्ने तरिका खोज्नुपर्ने बताए।

एक सातासम्म सञ्चालित ग्लोकल स्किलमा सीपमूलक तालिम, कार्यशाला, केस स्टडी र मनोरञ्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो।

कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य एवं विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीप प्रदर्शन गरिएको थियो।

कार्यक्रममा यिनै चार विधाका व्यक्तिलाई ग्लोकल स्किल हिरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो।

कला तथा संस्कृतिबाट गायक सुशान्त केसी, उद्यमशीलतातर्फ खाली सिसी म्यानेजमेन्ट प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसी, पर्यटन तथा हस्पिटालिटीतर्फ सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापा र विज्ञान तथा प्रविधितर्फ पूर्वप्रशासक एवं कुटनीतिज्ञ सानुकाजी श्रेष्ठ सम्मान गरिएको थियो।

माघ २, २०८१ बुधबार १३:२७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।