सरकारले साना दलको आवाज कमजोर पार्न खोजेको विपक्षी दलको निष्कर्ष

सरकारले साना दलको आवाज कमजोर पार्न खोजेको विपक्षी दलको निष्कर्ष

काठमाडौं : प्रतिपक्षी दलहरूले सरकारले साना दलको आवाज कमजोर पार्न थ्रेसहोल्ड बढाउन खोजेको निष्कर्ष निकालेका छ।

आज बसेको विपक्षी ६ दलको बैठकले सरकारले दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजेको निष्कर्ष निकालेका माओवादीका उपमहासचिव वर्षमान पुनले बताए।

उनले भने, ‘दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड बढाउने तयारी भइरहेको छ। त्यसमा साना दलहरूको आवाजलाई कमजोर पार्ने, जनताको सहभागीलाई कमजोर पार्ने, लोकतन्त्रको सुन्दरता भनेको समावेशिता हो त्यसलाई कमजोर बनाउने कथित दुई दलीय व्यवस्थातिर लैजाने प्रयास भइरहेको छ। लोकतन्त्रको लागि त्यो बेठिक छ रहेको साझा धारणा बनेको छ।’

सबै विपक्षी दलहरूलाई समेटेर साझा धारणा सार्वजनिक गर्नको लागि अनौपचारिक ड्राफ्ट कमिटी पनि बनाएको छ।

कमिटीमा माओवादीका उपमहासचिव पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन्। आज साँझसम्ममा कार्यदलले काम टुंग्याएर भोलि नै सार्वजनिक गर्ने तयारी विपक्षी दलहरूको छ।

बैठकले सरकारले ससद् छलेर स्वच्छाचारी ढङ्गले अध्यादेशले शासन गर्न खोजेको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी पनि दिए।

पुनले भने, ‘दुई ठूला पार्टी मिल्यौँ भनेर गणितीय हिसाबले हामी सजिलो स्थितिमा छौँ भनेर जनताको भावना विपरीतका कामहरू हुँदै गएका छन्।’

माघ २, २०८१ बुधबार १२:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।