चार सय रुपैयाँले बढ्यो सुन

चार सय रुपैयाँले बढ्यो सुन

काठमाडौं : साताको चौथो दिन बुधबार (आज) सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ५५ हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन तोलाको एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको एक हजार आठ सय २० रुपैयाँ थियो।

माघ २, २०८१ बुधबार ११:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।