आज देशभर भूकम्प सुरक्षा दिवस मनाइँदै

आज देशभर भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं : वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ।

आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु सञ्चालन गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ।

वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठूलाे विनाश भएको थियो। भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आई नै रहेको छ।

यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो। वर्ष ८० मा पनि साना ठूला भूकम्प अनि पराकम्पका साथै जनधनको क्षति पनि भएको छ। यसै वर्ष पनि जाजरकोटमा भूकम्प गएको थियो।

यस्तो घटना फेरि फेरि पनि हुन सक्ने हुदाँ भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने र यस्तो अवस्थामा कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेत गराउन अति आवश्यक छ। सरकारले यसबारे पहलकदमी गरेपनि अझै पूर्णता भने दिन सकेको छैन्।

माघ २, २०८१ बुधबार ०९:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।