आजको मौसम : तराईमा हुस्सु एवं पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका केही भू-भागमा हुस्सु /कुहिरो लागेको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
तराईका केही भू-भागमा हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।
माघ २, २०८१ बुधबार ०७:०८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।