प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफ क्लबले सहजै हरायो कर्णाली प्रदेशलाई

प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफ क्लबले सहजै हरायो कर्णाली प्रदेशलाई

बैतडी : प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअनतर्गत आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ। एपिएफ क्लबले कर्णाली प्रदेशलाई १११ रनले हराएको हो।  

धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपिएफ क्लबले २० ओभरमा एक विकेट गुमाउँदै १८२ रन बनायो। एक सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।

एपिएफ क्लबका लागि ममता चौधरी र कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेले। ममता र इन्दुले दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गरे। ममताले ६६ बलमा १० चौकासहित अविजित ७८ रन तथा इन्दुले ३४ बलमा सात चौकासहित अविजित ५२ रन बनाइन्। 

राजमती ऐरीले २२ रनको योगदान दिइन्। बलिङतर्फ कर्णालीकी दीक्षा पुरीले एक विकेट लिइन्। एपिएफकी ममता प्लेयर अफ दी म्याच घोषित भइन्।

एपिएफका लागि भने दीक्षा पुरीले १७, रमा बुढाथोकीले १० तथा गौरी बोहराले अविजित १० रन बनाइन्। बलिङतर्फ एपिएफकी करूणा भण्डारीले तीन तथा रेखा रावल, सुमना विष्ट र बिनु बूढाले एक/एक विकेट लिइन्।  

माघ १, २०८१ मंगलबार २२:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।