फोनपे पेमेन्ट सर्भिसको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार ललितपुरमा सम्पन्न भएको सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ।
फोनपेका सेयरधनीलाई ०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ।
कम्पनीले लेखा परीक्षणका लागि एनबीएसएम एन्ड एसोसियटलाई नियुक्त गरेको छ।
माघ १, २०८१ मंगलबार २०:५२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।