'क्रिकेटको कुरा आउँदा खेलाडीहरू प्रचण्ड चाहियो भन्ने गर्छन्'

'क्रिकेटको कुरा आउँदा खेलाडीहरू प्रचण्ड चाहियो भन्ने गर्छन्'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन्। 

नेपाल भलिबल सङ्घको आयोजनामा आजदेखि प्रतियोगिता सुरू भएको हो। 

बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिन्छ। सुनकोशी नदीको किनारामा खेल सुरू भएको छ।

प्रतियोगिताको उद्घाटन गदै अध्यक्ष प्रचण्डले आफूले क्रिकेट लगायतका खेलकुदका लागि धेरै काम गरेको दाबी गरेका छन्। 

‘क्रिकेटलाई प्रमोट गर्न मैले धेरै गरेको छु। क्रिकेटका खेलाडी, पूर्व खेलाडी, कप्तान सबैले पनि हरेक ठाउँमा क्रिकेटको कुरा आउँदा प्रचण्ड चाहियो भन्ने गर्नुहुन्छ, उनले भने। 

यस्तै, फुटबल त आफू फ्यान नै रहेको भन्दै उनले फुटबललाई प्रमोट गर्ने कुरामा होस् या कराँतेलगायतका खेल प्रमोट गर्ने कुरामा आफूले धेरै गरेको बताए।  

माघ १, २०८१ मंगलबार २०:०२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।