१३ वर्षदेखि माघे सङ्क्रान्तिमा खिचडी भोज
जनकपुर : माघे सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरधाममा खिचडी भोज गरिएको छ।
जनकपुरधामको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो।
जानकी मन्दिर छेउमा रहेको जानकी चोकका स्थानीय युवा तथा व्यापारीहरूले खिचडी भोजको आयोजना गर्ने गर्छन्।
भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १३ वर्षदेखि यस भोजको आयोजना गर्दै आएको स्थानी विरेन्द्र कर्णले बताए। उनले हरेक धर्म, वर्ग र जातका व्यक्तिलाई एकै ठाउँमा राखेर खिचडी खुवाउने गरेको बताए।
खिचडी भोजमा करीब ८०० जनाले यहाँ आएर खाने गरेका छन्। भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिन्छ।
भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीका उपस्थिति रहेको छ।
माघ १, २०८१ मंगलबार १८:५५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।