टुँडिखेलमा झल्किएको सुन्दरता

टुँडिखेलमा झल्किएको सुन्दरता
तस्बिर : एनएएन

काठमाडौँ : काठमाडौँको टुँडिखेलमा मगर समुदायका सदस्यहरू भेला भएर माघीको उत्साहमा रमाए। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्तिका रूपमा माघ १ लाई मकर (माघे) सङ्क्रान्तिका रूपमा मगर समुदायले विशेष रूपमा मनाउँदै आएका छन्।

माघीलाई विशेष रूपमा मनाउने अर्को समुदाय हो थारु। थारु समुदायका सदस्यहरूले पनि माघीलाई नयाँ वर्षको प्रारम्भको रूपमा मनाउँछन्।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।

मङ्गलवार माघी मनाउन टुँडिखेलमा मगर समुदायका सदस्यहरू भेला भएर स्थानीय कला र संस्कृति प्रदर्शन गरेका थिए।

माघ १, २०८१ मंगलबार १८:१९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।