रौतहटमा मृत भेटियो चितुवा, आफैं मरेको वा मारिएको हो भन्नेबारे अनुसन्धान गरिने

रौतहटमा मृत भेटियो चितुवा, आफैं मरेको वा मारिएको हो भन्नेबारे अनुसन्धान गरिने

रौतहट : रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ।

यद्यपि चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन्। 

स्थानीय रुप नारायण पटेलका अनुसार वृन्दावन नगरपालिका-१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो। तर, डिभिजन बन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैं मरेको बताएको छ।

चितुवाको प्रकृति हेर्दा कालगतीले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताए। यस विषयमा अनुसन्धान गरिने उनले बताए। 

मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ।  

माघ १, २०८१ मंगलबार १८:०३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।