निर्वाचनबाट छानिए प्रभु बैंकका ६ नयाँ सञ्चालक

निर्वाचनबाट छानिए प्रभु बैंकका ६ नयाँ सञ्चालक

काठमाडौं : प्रभु बैंक लिमिटेडको संस्थापक र सर्वसाधारण तर्फबाट ६ जना नयाँ सञ्चालक निर्वाचित भएका छन्। बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न २३औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी तर्फबाट अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, र वृषबहादुर बस्नेत निर्वाचित भएका हुन्।

सर्वसाधारण शेयरधनी तर्फबाट सुरजकुमार श्रेष्ठ, किशोरजंग कार्की, र राजु पौडेल आगामी पाँच वर्षको कार्यकालका लागि निर्वाचित भए। सभामा संस्थापक र सर्वसाधारण दुवै समूहका शेयरधनीहरूले मतदानमार्फत प्रतिनिधि चयन गरेका हुन्।

 अहिले प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला छन्। साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू समेत पारित गरेको छ।

प्रभु बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको एकीकृत वित्तीय विवरणलाई समेत सभाले अनुमोदन गरेको कम्पनीले जानकारी दिएको छ।

माघ १, २०८१ मंगलबार १७:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।