महिला प्रधानमन्त्री कपको उद्घाटन खेलमा सुदूरपश्चिमको जित
काठमाडौं : महिला प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हासिल गरेको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
गण्डकीले दिएको ५६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
सुदूरपश्चिमका लागि ओपनर रेवती धामी २१ रनमा अविजित रहिन्। कप्तान विन्दु रावलले ६, मनिषा बोहराले ९ र कविता कुँवरले ८ र शोभा रोकायाले ४ रन जोडिन्।
गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले १-१ विकेट लिइन्।
यसअघि गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनाएको थियो।
गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सृजना पौडेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि रेवती धामीले ४ तथा, जानकी थापा र रितु कनौजियाले १-१ विकेट लिइन्।
अब अर्को खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
माघ १, २०८१ मंगलबार १३:१०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।