ज्योति मगरलाई फ्लाइटमै रगताम्मे अनुहार र मुखभरी निलडामको तस्बिर देखाउने चर्चित गायिका को?
काठमाडौं : सोमबार विहान गायिका ज्योति मगरले आफ्नो फेसबुकमा एउटा स्टाटस लेखिन्।
काठमाडौंदेखि पोखरासम्मको २५ मिनेट यात्राको क्रममा कुनै चलेकी गायिकाले आफूमाथि घरेलु हिंसा भएकोबारे बताउँदै तस्बिर समेत देखाएको उनले बताइन्। घटनाबारे बताए पनि उनले कसैको नाम भने मेन्सन गरिनन्।
‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो। २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर आँसु झारिन्। उनको रगताम्मे अनुहार, आँखा र मुखभरी निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी। यस्तोसम्म भोगेँ भनिन्।’
उनले फेसबुकमा अगाडि लेखेकी थिइन्, ‘उनलाई मैले स्ट्र्ङ हुन र मुभअन गर्न भनेँ। तर मेरो मन अत्ति नै भारी हुँदैछ। आफैँले केही वर्षअघि भोगेको पीडा फेरि दुख्दैछ। साच्चिकै उनको पीडामा मलाइ धोको फेरेर रुन मन लाग्दैछ। एउटा पब्लिक फिगर को त यो दुर्दशा छ, आम महिलाहरूको हालत के होला।’
यद्यपि उक्त स्टाटसको कमेन्ट खण्ड हेर्दा त्यहाँ एउटै गायिकाको नाम थियो। कमेन्ट गर्नेहरूले ‘आज तपाईंलाई एउटै गायिकासँग देखेको थिएँ’ भन्दै लेखिरहेका थिए। कमेन्टमा गायिकाकै नाम मेन्सन हुन थालेपछि ज्योतिले स्टाटस हटाइन्।
चर्चित महिला गायिकामाथि घरेलु हिंसा भएकोबारे राखेको स्टाटस किन हटाउनुभएको भन्ने उकेराको प्रश्नमा ज्योति भनिन्, ‘अर्काको प्राइभेट कुरा किन राखिराख्नु लागेर हटाएँ।’
त्यसबाहेक उनले थप कुराकानी गर्न चाहिनन्।
ज्योतिको स्टाटसमा अधिकांशले गायिका एलिन चौहानको नाम मेन्सन गरेका थिए। केहीले कमेन्टमा ‘आज विहान त तपाईं बद्री पंगेनी र एलिना चौहानको साथमा हुनुहुन्थ्यो’ भन्दै लेखेका छन्। त्यसमा अधिकांशले हो मा हो मिलाएका थिए।
टिकटकमा कभर गीत गाएकी एलिनाको ‘हस्की’ स्वर थियो। त्यस्तो स्वर नेपालका गायिकाहरुमा कमै भएपछि उनी धेरै गायक तथा संगीतकारको आँखामा परिन्। टिकटकबाटै उनी नेपाली सांगीतिक क्षेत्रमा आएकी हुन्।
सांगीतिक क्षेत्रमा आएको छोटो समयमै चर्चा पाएकी उनले आफ्नो करियरलाई अघि बढाउँदै गइन्। सांगीतिक कार्यक्रमको लागि देशविदेश जाने क्रममा उनी अष्ट्रेलियाको कार्यक्रमबाट निम्तो आयो। उनले नकार्ने कुरै भएन।
कार्यक्रमको लागि अष्ट्रेलिया जाँदा त्यहाँको आयोजकमध्येकै एक जना विष्णु सापकोटा उनीहरूको टोलीलाई लिन आए। सापकोटा अहिले एलिनाका पति हुन्। विष्णुसँगको त्यो भेटको क्रम बाक्लिन र फोनमा कुराकानी हुन थालेपछि उनी बागलुङ घर भएका उनीसँग प्रेममा परिन्।
एलिना पुनः कार्यक्रमका लागि अष्ट्रेलिया जाँदा उनले विष्णुसँग मायालु गीतमा बनाएको टिकट सार्वजनिक गरिन्। त्यसपछि मात्रै हो, उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिक रुपमै स्वीकार गरेका। त्यसअघि यी दुवैले एकअर्कालाई मिल्ने साथीको रुपमा चिनाउँदै आएका थिए।
एक वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले गत वैशाखमा विवाहमा परिणत गरे। विवाहको केही समयपछि नै एलिना र विष्णु अष्ट्रेलिया गए। त्यो बेलामा एलिनाले केही तीज गीतहरू अष्ट्रेलियाकै स्टुडियोमा गाएकी थिइन्।
त्यसका अलावा उनीहरूले टिकटक र रिल्समा आफ्ना गतिविधि राखेर फ्यानलाई मनोरञ्जन दिइरहेकै थिए। त्यहीबीचमा उनले अनुहारमा रातो डाम भएको र रोइरहेको भिडियो टिकटका पोस्ट गरेकी थिइन्।
एलिनाले भिडिओ बनाइएको भारतीय गीतको बोल थियो, ‘थारा पैसा, थारी दौलत, थारी गाडी थारा नाम थारा बङ्गला थारा काम, तुम्ही रखो रे।’
त्यसैगरी उनले अर्को भिडियोको क्याप्सनमा लेखिन् ‘माया हेपाइ सहनुको कारण नबनोस्। गीतले साँच्चै छोयो।’
भर्खरै विवाह भएर अष्ट्रेलिया पुगेकी उनले राता डाम र आँशु झार्दै भिडियो आएको देख्दा उनका फ्यानहरु त्यतिबेला झस्किएका थिए। त्यसपछि उनले त्यसको सफाइ दिँदै नाटक गरेर भिडियो बनाएको र श्रीमानसँगको सम्बन्ध सबै ठिकठाक रहेको दाबी गरेकी थिइन्।
त्यस्तो भिडियो आएको केही समयपछि नेपाल फर्किएकी एलिना त्यसपछि अष्ट्रेलिया फर्किएकी छैनन्। उनी त्यसयता ओशो तपोवनमा धाइरहेकी छन्। त्यसयता खासै मिडियामा नदेखिएकी उनी केही दिनअघि मात्रै अमेरिकामा हुने एउटा कार्यक्रमको पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन्।
त्यहाँ उनलाई पत्रकारले श्रीमानसँगको सम्बन्धको बारेमा प्रश्न गर्दा उनले कमाउने समय भएकाले अहिले सँगै नभएको जवाफ दिएकी थिइन्। आफ्नो बुवाआमाको उदाहरण दिँदै उनले सम्बन्ध ठिकठाक रहेको समेत दाबी गरिन्।
तर, सोमबार ज्योति मगरको स्टाटस र त्यहाँ आएका कमेन्ट अनि नाम मेन्सन हुन थालेपछि उनको स्टाटस डिलिट हुँदा त्यसले शंका भने जन्माएको छ। एलिना आफूमाथि हिंसा हुँदा पनि चुप भएर बसेकै हुन् त!
माघ १, २०८१ मंगलबार १३:१५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।