राष्ट्रपति निवासमा मनाइयो माघे संक्रान्ति

राष्ट्रपति निवासमा मनाइयो माघे संक्रान्ति

काठमाडौं : राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाइएको छ।

रामचन्द्र पौडेलले सरकारमा सहभागी र विशिष्ट पाहुनालाई बोलाएर शितल निवासमा माघे संक्रान्ति मनाएका हुन्।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सहभागी थिए।

त्यसैगरी कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीका अलावा सत्ताधारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि उपस्थित थिए।

माघ १, २०८१ मंगलबार ११:०४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।