यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने (तालिकासहित)
काठमाडौं : शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षा चैत ७ गतेदेखि हुने भएको छ।
मंगलबार सूचना जारी गर्दे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले एसइई)को समय तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरू हुने जानकारी दिएको हो।
बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली तेस्रो दिन अनिवार्य गणितको परीक्षा हुनेछ।
त्यसैगरी चौथो, पाँचौं, छैटौं र सातौं दिन क्रमश: विज्ञान, सामाजिक, ऐच्छिक प्रथम र ऐच्छिक द्वितीयका विषयहरू हुनेछन्।
यसबाहेक संस्कृत तथा मदरसातर्फको परीक्षाको पनि तालिका सार्वजनिक भएको छ।
माघ १, २०८१ मंगलबार १०:२४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।