राइटपाथ नवौं वर्षमा प्रवेश, विद्यार्थीलाई आकर्षक अफरको घोषणा
काठमाडौं : राइटपाथ करियर काउन्सिलिङले आठौं वार्षिकोत्सव मनाएको छ। प्रधान कार्यालय, पुतलीसडकमा आयोजित एक कार्यक्रमकाबीच राइटपाथले आफ्नो स्थापना दिवस मनाएको हो।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, पूर्वमन्त्री रामकुमारी झाँक्री, इक्यान पदाधिकारी तथा सदस्यहरूसहित अन्य अतिथिहरूको समुपस्थितमा वार्षिकोत्सव मनाइएको हो।
कार्यक्रममा बोल्दै राइटपाथका सिइओ फिलिप डिसीले आजसम्मको साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिए। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित स्थापित संस्थाले आजसम्म आफ्नो उद्देश्य अनुसारकै काम गरेको उनको भनाइ थियो।
पूर्वमन्त्री झाँक्रीले विदेशमा गएर स्तरीय शिक्षा र ज्ञान, सीप हासिल गर्नु राम्रो भएपनि देशमा केही भएन भन्दै सत्तोसराप गर्ने प्रवृत्ति खराब रहेको बताइन्।
विदेश अध्ययनका विविध पाटोहरू केलाउँदै नेपाली समाजको मनोविज्ञान, हाम्रो धरातलीय यथार्थ र बढ्दो विदेशिने प्रचलनको आलोचनात्मक चिरफार गरेकी उनले परामर्श व्यवसायीहरूले विद्यार्थीलाई सुरुवातमै विदेशको वास्तविकताबारे बुझाउन सक्नुपर्ने धारणा राखिन्।
उनले विदेशमा आर्जन गरेको सीपलाई नेपाल ल्याएर प्रयोग गर्न सके आफ्नै देश बनाउन सकिने तर सामाजिक सञ्जालमा नकारात्मकता फैलाएर कहीँ नपुगिने बताइन्।
राइटपाथलाई शुभकामना दिँदै इक्यान अध्यक्ष शेषराज भट्टराईले संस्थाले व्यावसायिक र मर्यादित काम गरेर आठौं वर्ष पुरा गरेको बताए।
वार्षिकोत्सवकै अवसर पारेर राइटपाथले पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ। संस्थाले केही महिनाअघि भएको युरोकप फुटबल प्रतियोगितामा राखेको ‘प्रेडिक्ट एण्ड विन’ (सही अनुमान गरेर पुरस्कार जित्ने प्रतियोगिता)का विजेताहरूलाई पुरस्कृत गरिएको हो। विजेताहरूले स्मार्टफोन प्राप्त गरेका छन्।
वार्षिकोत्सवमा विद्यार्थीलाई अफर
राइटपाथले उक्त अवसरमा विद्यार्थीहरूलाई विभिन्न आकर्षक अफरसमेत दिने घोषणा गरेको छ। राइटपाथले वार्षिकोत्सवको अवसरमा २०२५ रूपैयाँमै आइएलटिएस कक्षा लिन सकिने व्यवस्था गरेको छ।
त्यस्तै, आइएलटिएस परीक्षा बुकिङ राइटपाथबाट गर्दा ४५०० छुट दिने घोषणा संस्थाले गरेको छ। वार्षिक उत्सव अफरकै रूपमा विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि लाग्ने प्रक्रिया शुल्क पुरै निःशुल्क गरिएको छ भने अन्य थुप्रै आकर्षक अफरहरू राखिएको संस्थाले जनाएको छ।
पुष २९, २०८१ सोमबार २०:४९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।