आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
काठमाडौं : आईसीसी यु१९ महिला विश्वकप अन्तर्गतको पहिलो अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ।
वेस्ट इन्डिजकी कप्तान समारा रामनाथले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपाल बलिङमा तानिएको छ। खेल मलेसियाको कोलेज टुंकु जाफर मैदानमा भइरहेको छ।
विश्वकपको आधिकारिक खेलअघि नेपालले बुधबार अमेरिकाको यु१९ महिला टोलीसँग पनि आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।
विश्वकपका आधिकारिक खेलहरू भने आगामी शनिबारदेखि सुरु हुनेछ। यु१९ महिला विश्वकपमा नेपाल पहिलो पटक सहभागी हुँदैछ।
१६ टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल रहेको समूहमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्ड छन्।
विश्वकपअघि मलेसियामै भएको एसिया कपमा नेपालको यही महिला टोलीले पाकिस्तानलाई पराजित गरेको थियो।
पुष २९, २०८१ सोमबार १२:३५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।