सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, चार प्रतिशत लाभांश प्रस्ताव पारित
एजेन्सी : सिद्धार्थ बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार २३औं साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
त्यस्तै, सभाले एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्नेलगायत प्रस्तावहरू पारित गरेको बैंकले जनाएको छ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन्।
पुष २९, २०८१ सोमबार ११:५६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।