एनसेलको ‘सधैँ अन’मा अब अनलिमिटेड नाइट डेटा पनि
काठमाडौं : एनसेलले आफ्ना ‘सधैँ अन’ प्याकहरू लिने ग्राहकहरूलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ।
यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन्।
बिहीबार (पुष २५)बाट शुरू भएको यो योजना अन्तर्गत ‘सधैँ अन’का ३९९ रुपैयाँबाट शुरू हुने र ७९९ रुपैयाँबाट शुरू हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन्।
सधैँ अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको जनाएको छ।
३९९ रुपैयाँ, ४९९ रुपैयाँ, ५९९ रुपैयाँका प्याक र ७९९ रुपैयाँ, ९९९ रुपैयाँ र १ हजार ४९९ रुपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकहरुले यो योजनाबाट फाइदा लिन सक्छन्।
यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ।
२८ दिन भ्यालिडिटी रहेको प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ।
त्यसैगरी सधैँ अनको अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन्।
एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैँ अन योजना सञ्चालनमा ल्याएको थियो।
ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नभई डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्याउनु यो अफरको लक्ष्य हो।
पुष २९, २०८१ सोमबार १०:५७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।