तालिबानले महिलालाई मानव नै ठान्दैनन् : मलाला युसुफजाई
एजेन्सी : नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मुस्लिम नेताहरूलाई अफगानिस्तानमा महिलाहरूका लागि तालिवानले बनाएको नीतिको विरोध गर्न आग्रह गरेकी छन्।
इस्लामिक देशमा बालिका शिक्षाको विषयमा पाकिस्तानले आयोजना गरेको एक कार्यक्रममा उनले तालिबानले् महिलाहरूलाई मानिसको रूपमा नहेरेको टिप्पणी गरिन्।
उनले भनिन्, ‘सिधा शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानिसको रूपमा हेर्दैनन्।’
तालिबानको नीतिमा केनी पनि इस्लामिक नभएको उनको भनाइ छ। तालिबानले आफ्ना नीतिहरूमार्फत महिलाहरूलाई अध्ययन र काम गर्नबाट रोकेको छ।
२७ वर्षीया मलालालाई १५ वर्षको उमेरमा बालिका शिक्षाको विषयमा खुलेर बोलेको भन्दै तालिवानले टाउकोमा गोली हानेको थियो।
उनी पाकिस्तानी नागरिक हुन्।
पुष २९, २०८१ सोमबार ०८:०३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।