नेप्से परिसूचक ओरालो, सबै उप-समूह राताम्मे

नेप्से परिसूचक ओरालो, सबै उप-समूह राताम्मे

काठमाडौँ : पुसको अन्तिम साताको पहिलो दिनको सेयर कारोबार सुखद भएन। साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ बिन्दुमा बजार बन्द भयो।

आइतबार तीन सय एक कम्पनीको ८० लाख ८१ हजार छ सय ३१ कित्ता शेयर ४६ हजार छ सय १४ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार तीन सय २३ मा खुम्चियो।

आइतबार सेयर बजारका सबै समूहको उपसूचक घट्यो। सबैभन्दा बढी वित्त समूह तीन दशमलव ६० र विकास बैंक समूह एक दशमलव ६० प्रतिशतले घट्यो।

बैंकिङ शून्य दशमलव ८६, होटेल तथा पर्यटन शून्य दशमलव ७७, जलविद्युत् एक दशमलव ४४, लगानी शून्य दशमलव ३९ र जीवन बिमा समूह शून्य दशमलव १२ प्रतिशतले घट्यो।    

उत्पादन तथा प्रशोधन एक दशमलव ३६, लघुवित्त शून्य दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बिमा शून्य दशमलव ७३, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घट्यो।

आइतबारको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।    

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४१ लाख ५३ हजार आठ सय ७२ को कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको छ लाख ३६ हजार आठ सय चार कित्ता शेयर किनबेच भएको छ।

पुष २८, २०८१ आइतबार १८:३४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।