एक वर्षमा सात प्रतिशत मुद्दा चलाउनु नपर्ने निर्णय, ६८.२७ प्रतिशत मुद्दामा सफलता
काठमाडौँ : महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको देखिएको छ। आइतबार महान्यायाधिवक्ता कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनमा सात प्रतिशत मुद्दा नचल्ने निर्णय भएको उल्लेख छ।
‘उक्त आवमा सरकारी वकिल कार्यालयहरूबाट कूल ७० हजार दुई सय ८४ जना प्रतिवादीउपर ४५ हजार ९१ मुद्दा अभियोजन गरिएको छ’, वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘अनुसन्धान सम्पन्न भई रायसहित प्राप्त हुन आएका मुद्दामध्ये सात दशमलव८८ प्रतिशत मुद्दा नचलाउने निर्णय भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ।’
उक्त आर्थिक वर्षमा नेपाल सरकारवादी भई मुद्दा चलाउन निर्णय भएको मुद्दाको सङ्ख्या ४४ हजार आठ सय ११ र प्रतिवादी सङ्ख्या ६९ हजार छ सय ३५ रहेको।
पुष २८, २०८१ आइतबार १८:२६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।