अदालतभित्र सहकारी ठगीमा रविको बयान, बाहिर समर्थकको भिड
काठमाडौँ : स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा बयान भइरहेको छ।
सूर्यदर्शन सहकारीको बचत सङ्गठित रूपमा ठगी गरेको र ठगीको रकम शुद्धीकरण गरेको तीन अभियोगमा धरौटीमा छुटेका रवि आफैँ शुक्रवार काठमाडौँको अदालतमा उपस्थित हुने भनेर प्रहरी हिरासतमुक्त भए पनि आइतबार मात्र हाजिर भएका थिए।
उनी अदालतमा हाजिर भए लगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सुरु भएको थियो। सबैको बयान सकिएपछि काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहससहित थुनछेक बहस सुरु हुनेछ।
अदालतभित्र रविको बयान भइरहेको छ। अदालत परिसर बाहिर रास्वपाका कार्यकर्ता भेला भइरहेका छन्। बयान सकिएमा उनी हाजिर जमानीमा छुट्न नि सक्छन्। अदालतले थुनछेकको बहस नसकिएसम्मका लागि प्रहरी हिरासतमा पठाउन पनि सक्छन्।
पुष २८, २०८१ आइतबार १५:२९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।