युवाहरूको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : तोसिमा कार्की
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरूको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी छिन्।
शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरू बढी बेरोजगारीको सामना गर्नु परेको अवस्था रहको बताएकी हुन्।
उनले भनिन्, ‘अहिले नेपालमा युवाहरूको सबैभन्दा ठूलो समस्या रोजगारी अर्थात् जागिर नपाउनु हो। विदेश जानु भएका युवाहरू सबै रोजगारीकै लागि गएको देखिन्छ। नेपालमा सम्भावनाहरू छन् तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन।’
यसैगरी उनले सरकारले युवाहरूको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन्।
पुष २७, २०८१ शनिबार १५:२५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।