ट्रम्पको शपथका लागि बोइङ र गुगलसहित यी कम्पनीले दिए १०-१० लाख डलर चन्दा
एजेन्सी : अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि कम्पनीले १० लाख अमेरिकी डलर दिएको छ।
बोइङ बाहेक गुगल र माइक्रोसफ्टले पनि १०-१० लाख डलर दिएको पुष्टि गरेका छन्। ट्रम्पको सपथ ग्रहण समारोहका लागि धेरै अमेरिकी कम्पनीहरूले चन्दा दिएका छन्।
यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन्। डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्। यो उनको दोस्रो कार्यकाल हुनेछ ।
‘हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको उद्घाटनलाई समर्थन गर्न पाउँदा खुसी छौँ,’ बोइङले भन्यो, ‘पछिल्लो तीन राष्ट्रपतिको शपथ ग्रहण समारोहमा हामीले सोही रकम बराबरको चन्दा दिएका थियौं।’
‘२०२५ को सपथ ग्रहण समारोहलाई युट्युबमा लाइभ स्ट्रिमिङ र हाम्रो होमपेजमा सीधा लिंकमार्फत समर्थन गर्न पाउँदा गुगल खुसी छ’, गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका प्रमुख करण भाटियाले भने।
कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि उद्घाटन समारोहमा एक-एक मिलियन डलर सहयोग गरेका छन्।
पुष २७, २०८१ शनिबार ११:१५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।