शुक्रवार मध्यरात मन्त्रिपरिषद्को निर्णय : एनआरएनले नेपालमा कम्पनी खोल्न पाउने, सरकारी काम सात दिनमा नसक्काए कारबाही

शुक्रवार मध्यरात मन्त्रिपरिषद्को  निर्णय : एनआरएनले नेपालमा कम्पनी खोल्न पाउने, सरकारी काम सात दिनमा नसक्काए कारबाही

काठमाडौँ : शुक्रवार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवा सहजीकरण गर्न र गैर आवासीय नेपाली नागरिकता पाएकाले नेपालमा कम्पनी खोल्न मिल्ने व्यवस्था भएको अध्यादेश ल्याउने निर्णय गरेको छ।

कानुनमन्त्री र मुख्यसचिव लिएर राष्ट्रपति भेट्न सितलनिवास गएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अबेर मन्त्रिपरिषद् बैठक राखेर अध्यादेश सिफारिसको निर्णय गरेका हुन्।

सात दिन भित्र काम सकिनुपर्ने नत्र सजाय हुने लगायतका प्रावधान रहेको सार्वजनिक सेवा सम्बन्धी अध्यादेश र गैर आवासीय नेपालीको नागरिकता पाएकाले नेपालमा कम्पनी खोल्न मिल्ने, विदेशी लगानी ल्याउन मिल्ने गरी अध्यादेश ल्याउन सिफारिस भएको एक मन्त्रीले उकेरालाई जानकारी दिए।

यस अगाडि सरकारले सहकारी समस्या समाधान गर्न भन्दै केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ल्याएर राष्ट्रपतिबाट जारी भइसकेको छ। सरकार नियमित संसद् अधिवेशन बोलाउन छाडेर अध्यादेशतिर लागेको भन्दै आलोचना समेत भएको छ।

पुष २६, २०८१ शुक्रबार २३:३४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।