राफ्टिङ एजेन्सिजहरुको संस्था नाराको अध्यक्षमा कमल, महासचिव चुरामणि

राफ्टिङ एजेन्सिजहरुको संस्था नाराको अध्यक्षमा कमल, महासचिव चुरामणि

काठमाडौँ : जलयात्रा व्यवसायीहरूको संस्था नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज ( नारा) को ३६ औँ साधारण सभाबाट  एड्भेन्चर रिभर ट्रेल प्रालिका कमल बहादुर ठकुरीको अध्यक्षता ७ सदस्यीय केन्द्रीय  कार्यसमिति निर्विरोध चयन गरेको छ।

उपाध्यक्ष हिमालयन रिभर अपरेटर्स नेपाल प्रालिका शुकबहादुर लामा , महासचिवमा नेभिगेट आउटडोर्स प्रालिका चुरामणि अर्याल, सचिवमा कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालिका सञ्चालक देवराज जैसी र सह- कोषाध्यक्षमा लस्ट प्याडल प्रालिका गोविन्द पाठक चयन भएका हुन्।

सदस्यहरूमा बिग स्माईल नेपाल प्रालिका विष्णु गुरुङ र एम बिए स राफ्टिङ प्रालिका  सन्चिव कुमार तामाङ चयन भएका छन्। कोषाध्यक्ष भने चयन भएको छैन।

पुष २६, २०८१ शुक्रबार २२:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।