पशुपक्षी निर्देशनालयको अनुदानमा अनियमितता नभएको हरियाली कृषि समूहको दाबी

पशुपक्षी निर्देशनालयको अनुदानमा अनियमितता नभएको हरियाली कृषि समूहको दाबी

सुर्खेत :  श्री हरियाली बहुमुखी पशुपालन तथा कृषि समूहले पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले दिएको अनुदानमा अनियमितता नभएको दाबी गरेको छ। उकेरामा प्रकाशित समाचारबारे प्रतिक्रिया पठाउँदै समूहले आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार समूहको स्वलगानी र अनुदान रकम सहित तय भएका ८ वटा कार्य तालिका सञ्चालनका निम्ति समूह र निर्देशनालयबीच भएको सम्झौता अनुसार काम भएको दाबी गरेको हो।

सर्वसहमतीबाट आय ब्यय विवरण अनु‌मोदन भई प्राविधिकको सम्पन्न प्रतिवेदन र बिल, भर्पाईको जम्मा खर्च हिसाब ४९ लाख ६ हजार भुक्तानी माग गर्दा निर्देशनालयबाट ३४ लाख ८ हजार २ सय १३ रुपैयाँ मात्र निर्देशनालयबाट अनुदान रकम प्राप्त भएको समूहको पत्रमा उल्लेख छ।

समूहले पाएको जम्मा अनुदानबाट २७ लाख ११ हजार ८ सयमा १ सय ८२ वटा बाख्रा र ४ लाख २० हजार २ सय ८० रुपैयाँमा १४ वटा बोका, १ लाख ६० हजार रुपैयाँमा डिपिङ्गटैकी निर्माण गरेको पत्रमा उल्लेख छ। १ लाख ९० हजारको औषधि खरिद सहित ३४ लाख ८२ हजार ८० रुपैयाँ खर्च भएको समूहले दाबी गरेको छ।

कृषकको स्वलगानी बापतको १४ लाख ६ हजार मध्य खोर निर्माण र घाँस खरिद स्वयं कृषकलाई गराउने र अति आवश्यक खर्च, अतिथि स्वागत, बाख्राको बिमा, ढुवानी, होडिडबोड, प्राविधिक स्टोमेट, समिति परिचालन खर्च र कर कटौती रकम बापतको १ लाख ५८ हजार ६ सय ३० रुपैयाँ समूह सदस्यबाट सङ्कलन गर्ने निर्णय भएको पत्रमा दाबी गरिएको छ।

पुष २६, २०८१ शुक्रबार १७:११:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।