महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग

काठमाडौं : महालक्ष्मी विकास बैंकले झापाको दमक नगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयमा भएको अटिजम सिकाई केन्द्रलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ।

विद्यालयमा आयोजित एक कार्यत्रमकाबीच बैंकले विद्यालयका प्रधानध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थीहरु यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ। 

पुष २६, २०८१ शुक्रबार १४:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।