थाइल्यान्डमा ६८४ युनिट विद्युतीय सवारी नेटा बिक्री

थाइल्यान्डमा ६८४ युनिट विद्युतीय सवारी नेटा बिक्री

काठमाडौं : थाइल्यान्डमा विद्युतीय सवारी नेटा ६८४ युनिट बिक्री भएको छ।

सन् २०२४ मा विद्युतीय सवारी नेटा उक्त युनिटमा बिक्री भएको कम्पनीले जनाएको छ। नेपालमा भने नेटा ब्रान्डको गाडी सीजी मोटर्सले बिक्री तथा वितरण गर्दै आएको छ।

विद्युतीय गाडी नेटा भी क्रसमा ४०.७ किलोवाटको ब्याट्री र ५० किलोवाटको मोटर छ। 

यसले १२० को एनएम टर्क प्रदान गर्ने भएकाले राम्रो सवारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

यो गाडी २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुग्ने र ८ वर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ।

यसले एक पटकको चार्जमा ५ सय किलोमिटर यात्रा गर्नेछ।

१८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले अप्ठ्यारो सडकमा पनि आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

पुष २६, २०८१ शुक्रबार १४:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।