एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बिहीबार काठमाडौं एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो।

सो साधारण सभामा बैंकका शेयरधनीहरूले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए।

बैंकको २०८१ आषाढसम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, २ सय २७.१० अर्ब रुपैयाँ निक्षेप र २ सय ४.६१ अर्ब रुपैयाँ कर्जा रहेको छ।

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

पुष २६, २०८१ शुक्रबार १४:४१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।