तिब्बतका भूकम्पपीडितलाई नेपालीको ३७ लाख सहयोग
काठमाडौं : चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई नेपाली दुःख निवारण कल्याण कोषले ३७ लाख रुपैयाँ सहयाेग गरेको छ।
ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा संस्थाले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन भएको ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँ सहयोग गरेको हो।
ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गरेका हुन्।
ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका थिए।
त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो।
पुष २६, २०८१ शुक्रबार १४:०४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।