डोनाल्ड ट्रम्पको अपील खारेज, पोर्न स्टारलाई पैसा दिएको मुद्दामा सजाय रोक्न सर्वोच्चद्वारा अस्वीकार
एजेन्सी : हस मनी मुद्दामा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई तोकिने सजाय सुनाउने प्रक्रिया रोक्न गरेको अपील सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
ट्रम्पले सर्वोच्च अदालतलाई आफूमाथि लगाइँदै आएको सजाय रोक्न सकिन्छ कि भनेर अनुरोध गरेका थिए। यसमा सर्वोच्च अदालतका न्यायाधीशहरूले ५-४ को फैसला दिँदै ट्रम्पको अपीललाई अस्वीकार गरेका हुन्।
२०१६ मा डोनाल्ड ट्रम्पले पोर्न फिल्मकी नायिका स्टार स्टर्मी डेनियललाई मुख नखोल्न एक लाख ३० हजार डलर दिएका थिए। यसलाई लुकाउनका लागि रेकर्डमा तोडमोड गरेको आरोपमा उनी दोषी ठहर भएका थिए।
मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जेल सजाय दिनेबारे विचार नगर्ने संकेत गरेका छन्।
सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पले बिहीबार साँझ पत्रकारहरूमाझ यसलाई ‘अपमानजनक’को संज्ञा दिएका थिए। यद्यपि यो ‘निष्पक्ष निर्णय’ थियो।
पुष २६, २०८१ शुक्रबार ०९:११:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।