ह्वात्तै घट्यो दिल्लीको भिजिविलिटी, ट्रेनदेखि हवाइ उडानसम्म प्रभावित
एजेन्सी : शुक्रबार बिहान दिल्ली-एनसीआरमा बाक्लो कुहिरो देखिँदा भिजिविलिटी एकदमै कम भएको छ।
शुक्रबार बिहान बाक्लो हुस्सुका कारण सवारी साधनको गति सुस्त रह्यो।
बिहीबार जारी मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा मध्यम खालको कुहिरो देखिनेछ।
बिहान केही स्थानमा बाक्लो कुहिरो लाग्ने सम्भावना पनि रहेको महाशाखालाई उद्धृद गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार साँझ वा राति हल्कादेखि मध्यम कुहिरोको सम्भावना रहेको छ।
शुक्रबार अधिकतम तापक्रम २० डिग्री र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसको हाराहारीमा रहने पूर्वानुमान छ।
पुष २६, २०८१ शुक्रबार ०८:०१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।