माधव-प्रचण्ड भेटमा संविधान संशोधन र समाजवादी मोर्चाबारे छलफल
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए।
दुईपक्षीय भेटमा संसदको अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायतका विषयमा छलफल भएको हो।
समसामयिक राजनीतिका अलावा संविधान संशोधनका एजेण्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।
त्यस भेटमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी थिए।
पुष २५, २०८१ बिहीबार २१:५८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।